अस्पतालबाट प्रधानमन्त्री ओलीको भिडियो सन्देश : उठ्न र कुरा गर्न सक्ने भएँ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरबाट भिडियो सन्देश दिँदै उनले आफ्नो स्वास्थ्य स्थिति सुधार हुँदै गएको बताएका छन्।
गत मंगलबार एपेन्डिसाइटिस शल्यक्रियापछि सोमबार पहिलोपटक भिडियो सन्देशमार्फत् सार्वजनिक भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।
उनले आईसीयूबाटै आफूले आइतबार १३औँ सागको उद्घाटन समारोह हेरेको पनि जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिँदै मैत्रीपूर्ण खेलमार्फत मुलुकको इज्जत बढाउन आग्रह गरेका छन्।
हेर्नुहोस् भिडियो–
मेरो स्वास्थ्य अवस्थाको बारे जानकारी pic.twitter.com/vuOFOyhBte
— KP Sharma Oli (@PM_Nepal) December 2, 2019





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा