प्रसूति गराउने क्रममा अस्पतालमा महिलाकाे मृत्यु, श्रीमान् बेपत्ता
काठमाडौं : त्रियुगा नगरपालिका ४ का एक व्यक्ति मृतक श्रीमतीलाई अस्पतालमै छाडेर बेपत्ता भएका छन्। उपचारका क्रममा ज्यान गुमएकी श्रीमती सुष्मालाई अस्पतालमै छाडेर श्रीमान् प्रेम बुढाथोकी बेपत्ता भएका हुन्।
बुढाथोकीले आइतबार श्रीमती सुष्मालाई आइतबार बिहान प्रसूतिका लागि जिल्ला उदयपुरमा उपचार गर्न ल्याएका थिए। श्रीमतीको रगतमा हेमोग्लोबिन कम भई प्रसूति गराउन खतरा रहेकाले जिल्ला बाहिर लान अथवा छिटो रगत लिएर आउन चिकित्सकले सल्लाह दिएपछि खर्च खोज्न हिँडेका बुढाथोकी अझैसम्म नआएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. विजय मेहताले बताए।
बुढाथोकी र निजका आफन्तको खोजीमा प्रहरी र अस्पतालका सबै कर्मचारी लागेको अस्पतालका कर्मचारीले बताए।
गाईघाट डिएम गेटका कृष्ण राईका अनुसार अनुसार सो दम्पती त्रियुगा नगरपालिका १२ डिएमगेटको एक घरमा डेरा लिएर बस्दै आएको थियो। भागी बिहे गरेको र प्रेम सुष्मालाई कोठामा राखेर अन्यत्र बस्ने गरेका कारण दुवैका बारेमा राम्ररी जानकारी नभएको छिमेकीहरू बताउँछन्।
उनीहरू नाम थर ठेगानासमेत लुकाएर दुवै गाईघाट बस्दै आएका थिए। प्रेम बुढाथोकी बताउनेले आफ्नो नाम थर र ठेगाना ढाँट्ने गरेका कारण सबै कुरा खुल्न नसकेको डिएमगेटका बासिन्दाको भनाइ छ।
मृतक सुस्मिता भनिने सुष्मा रुपाकोट नगरपालिका दिक्तेलका टङ्प्रसाद आचार्यकी छोरी भएको खुलेको कारण उनका बुबालाई खबर गरेर बोलाइएको जिल्ला अस्पतालका प्रमुख डा. मेहताले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित