महिनावारीबारे सचेतना जगाउन ‘महिनावारी उत्सव’को आयोजना
काठमाडौं: महिनावारीका बारेमा समाजमा रहेका गलत बुझाइलाई अन्त्य गर्ने उद्देश्यका साथ राजधानीमा एक दिने ‘महिनावारी उत्सव’ मनाइएको छ ।
महिनावारी हुनु प्राकृतिक कुरा रहेको भन्दै यसका गलत बुझाईलाई अन्त्य गर्न उत्सव मनाइएको आयोजकको भनाई छ । उक्त उत्सवमा पूर्व मिस नेपालहरु लगायत महिला अधिकारकर्मीहरुको सहभागिता थियो ।
उनीहरुले महिलाले महिनावारी हुने कुरालाई गर्वका साथ आत्मसाथ गर्दै यसमा रहेका गलत धारणालाई हटाउँदै जानुपर्नेमा जोड दिए । कार्यक्रममा उनीहरुले महिनावारीलाई सामाजिक रूपमा प्रतिबन्ध नगरी उत्सवका रूपमा मनाउनुपर्ने बताए ।
कार्यक्रम मित्र समाज एवं मितिनी नेपालले गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा