गुणस्तरीय स्वास्थ्य, समृद्ध नेपालको आधार : उपप्रधानमन्त्री पोखरेल
काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा हुने बताएका छन्।
वसुन्धरास्थित काठमाडौँ नेचरोप्याथी अस्पतालको उद्घाटन गर्दै मन्त्री पोखरेलले पूर्वाधार निर्माण भएर मात्र मुलुक समृद्ध हुने भन्दै राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको स्पष्ट गरे।
वरिष्ठ योग चिकित्सक हरिप्रसाद पोखरेलले सरकारले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ‘एलोपेथिक मन्त्रालय’को रूपमा मात्र रहेको उनको भनाइ छ।
अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योग थेरापी, अकुपञ्चर, अकुप्रेसर र भोजन परामर्शलगायत सेवा प्रदान गर्ने अध्यक्ष गणेश पाण्डेले जानकारी दिए।
बिनाऔषधि र बिना शल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हड्डीसम्बन्धी रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा. यन्जन गैरेले जानकारी दिए।
अस्पतालमा बहिरंग, अन्तरङ्ग, ल्याब, विशिष्ट आवास कक्ष, जीवनशैली क्लिनिक सुविधा छन्।
रासस





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा