Health TV Online
Health TV Online

नर्सिङ संघको निर्वाचनका लागि ९ बुँदे आचारसंहिता

नर्सिङ संघको निर्वाचनका लागि ९ बुँदे आचारसंहिता

काठमाडौं : नेपाल नर्सिङ संघको निर्वाचन समितिले आसन्न निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ।

समितिकी प्रमुख आयुक्त लक्ष्मी राईले ९ बुँदे आचारसंहिता जारी गरेकी हुन्। आचारसंहिता उम्मेद्वार, मतदाता र निर्वाचन अधिकृतका लागि लागू हुने बताइएको छ।

आगामी पुस ९ गते देशभरमा २१ वटा केन्द्रबाट संघको १९औँ कार्यकारिणीका लागि मतदान हुँदैछ। निर्वाचनमा मंसिर ९ गतेसम्म संघमा दर्ता भएका सदस्यहरूले मात्र मतदान गर्न पाउने बताइएकाे छ।

हरेक तीन वर्षमा हुनुपर्ने एसोसिएसनको निर्वाचन याे पटक पाँच वर्षपछि  हुन लागको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार