Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीको शल्यक्रियाकाे घाउ निकाे हुँदै, याे साता डिस्चार्ज हुने

प्रधानमन्त्री ओलीको शल्यक्रियाकाे घाउ निकाे हुँदै, याे साता डिस्चार्ज हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुने क्रममा छ।

प्रधानमन्त्री ओलीको मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ’, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रधानमन्त्रीले बिहीबारदेखि नै मुखबाट ठोस खाना खान र विस्तारै हिँडडुल गर्न थालेका थिए।  ‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ’, श्रेष्ठले भने, ‘शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ।’

अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ। यसका लागि चिकित्सकको निगरानीका साथ विशेष आराम आवश्यक पर्छ।

घाउको संक्रमण नहोस् भनेर प्रधानमन्त्री ओलीलाई सघन उपचारकक्षमा राखिएको उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि