भिडियो एक्सरे सेवा अवरूद्ध
जाजरकोट गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत् गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन।
जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्सरे सञ्चालनका लागि आवश्यक विद्युत् नहुँदा बन्द भएको हो। २०६६ मा स्थापना भएको अस्पतालमा इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ।
विद्युत् अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महंंगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याव टेक्सिसियन नेत्रबहादुर शाहीले बताए। इल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा