Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मस्तिष्कमा चोटपछि बालबालिकामा देखिने अल्पनिद्राले स्मरणशक्तिमा समस्या

मस्तिष्कमा चोटपछि बालबालिकामा देखिने अल्पनिद्राले स्मरणशक्तिमा समस्या

बालबालिकाको मस्तिष्कमा चोट लागेको केही हप्तापछि देखिने निद्राको समस्या, थकावट र ध्यानमा एकाग्रता नआउने र यसका कारण मस्तिष्कको स्मरण शक्तिमा नै कमी आउने हालै सार्वजिनिक अष्ट्रेलियाली अनुसन्धान प्रतिवेदनले देखाएको छ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत अनुसन्धानकर्ताहरूले मस्तिष्कमा चोट लागेपछि यसको भागमा देखिने सानातिना दागका कारण बालबालिकामा अल्पनिद्राको समस्या आउने र यसले दीर्घकालसम्म उनीहरूको स्मरण शक्तिलाई कमजोर बनाउने ‘म्याग्नेटिक रिसोनेन्स इमेजिङ’ (एमआरआई) रिपोर्टको लामो समयको अध्ययनपछि निष्कर्ष निकालेको डा. कार्तिक लाएरले शुक्रबार राति जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

मष्तिष्कको काममा देखिने कमी कुन दरमा सुधार हुन्छ वा अझै विग्रिँदै गएको छ यसलाई हेरेर बच्चाको समस्या पूर्ण वा आंशिक रूपमा निको हुन्छ भन्ने कुरा अनुमान गर्न सकिने डाक्टर लाएरले बताए।

‘चोटपछि बिरामीको स्मरण शक्तिमा देखिने समस्यामा कुन दरले सुधार आउँछ वा सुधार नै आउँदैन भन्ने विषयलाई हेरेर एउटा चिकित्सकले उसको समस्या निको हुन्छ वा हुँदैन भन्ने अनुमान गर्ने गर्छ’, उनले भने, ‘चिकित्सकले बिरामीको संज्ञानात्मक बानीको सुधार अभ्यास, समयमा निद्रा लाग्न औषधिको प्रयोग वा चिकित्सकीय हिसाबले सुरक्षित तथा नयाँ मानिने आधुनिक चिकित्साविधान जस्तै समस्यालाई फैलिन नदिन तनावमुक्त पार्न र निद्राका लागि शान्त तथा स्वस्थ्य वातावरणको उपलब्धतालगायतका कुराले समस्यालाई क्रमश कम गर्दै जाने गर्छ।’

अनुसन्धानमा सहभागी चिकित्सकले मस्तिष्कमा चोट लागेको दुईमहिनापछिका अवस्थामा स्मरण शक्तिमा कुन दरले सुधार हुनसक्छ वा हुँदैन भन्ने कुरालाई ८६ प्रतिशतसम्म सही अनुमान गर्न सफल भएका क्विन्स विश्वविद्यालयले जनाएको छ।

‘सामान्यतया, मष्तिष्कमा दीर्घखालको चोट लागेका बालबालिकाको लक्षण उनीहरूको दृष्टि, शरीरलाई चलाउने मष्तिष्क क्षेत्र र संज्ञानात्मक क्षेत्रमा फरक फरक हुनेगर्छ’, डा. लाएरले भने, ‘तर अनुसन्धानले कसरी यो विकशित हुन्छ वा स्वास्थ्यमा भविष्यमा पुनः सुधार आउँछ भन्ने बिषयमा अनुसन्धानबाट प्रष्ट जानकारी हुन सकेन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै