Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा करिब ३० हजारमा एचआईभी संक्रमण

नेपालमा करिब ३० हजारमा एचआईभी संक्रमण

काठमाडौं : नेपालमा एचआईभी संक्रमितको संखया घट्दै गएको। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका अनुसार सन् २०१०को तुलनामा सन् २०१८ मा ५८ प्रतिशतले संक्रमण घटेको छ।

केन्द्रले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा हाल नेपालमा एचआईभी संक्रमितको संख्या २९ हजार ९४४ जनारहेको जानकारी दिएको हो। केन्द्रका निर्देशक डा. अनुज भट्टचनले तीमध्ये पुरुष १७ हजार ७३२ र महिला १२ हजार २१२ जना रहेको जानकारी दिए। हाल विश्वभर तीन करोड ७९ लाख जना एचआइभी संक्रमण भएको जनाइएको छ।

भट्टचनका अनुसार नेपालका वयस्क (१५ देखि ४९ वर्ष) उमेर समूहको जनसंख्यामध्ये ०.१४ प्रतिशत एचआईभी सङ्क्रमित छन् भने बालबालिकमा हुने नयाँ संक्रमणमा ७१ प्रतिशतले कमी आएको छ। एड्सको कारणले मृत्यु हुने संख्यामा पनि ३८ प्रतिशतले घटेको छ।

७६ प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौनसम्पर्कको माध्यमबाट सरेको पाइएको छ। नेपालमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी, रोजगारीका लागि विदेशिने र जैलका कैदी रहेका छन्। यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा एचआईभी संक्रमणको दर अरु जोखिममा रहेका समूहभन्दा उच्च रहेको छ।

हेरचाह र सहयोगलगायत एआरभी औषधिमा पहुँच बढ्दै गएको हुनाले एड्सको कारणबाट मृत्यु हुनेको संख्या घटेको बताइन्छ। केन्द्रको तथ्याङ्कअनुसार २०१९ जुलाईसम्म नेपालको कुल एचआईभी संक्रमितमध्ये ६० प्रतिशत अर्थात् १७ हजार ९८७ जनाले एआरभी उपचारमा रहेका छन्।

सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्ससम्बन्धी कार्यक्रम सञ्चालनसमेत गरेको छ। निर्देशक भट्टचनले सोही कार्यक्रम सञ्चालन भएकोले एचआईभी संक्रमण र एड्सबाट मृत्यु हुनेको संख्यामा कमी आएको बताए।

विश्वमा भने सन् २०१० देखि २०१८ सम्ममा विश्वव्यापी रूपमा १६ प्रतिशतले एचआईभी संक्रमण घटेको छ । भने ४१ प्रतिशत बालबालिकामा हुने संक्रमण घटेको पाइएको छ। एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचार, सहयोग तथा उपचार सेवाका लागि विश्वको ध्यानाकर्षण गराउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा एड्स दिवस मनाइन्छ।

एचआईभी संक्रमण अझै घटाउदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ समुदायको भूमिकालाई पहिचान गरी उनीहरूको भूमिका अझ प्रभावकारी बनाई एचआईभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिनका लागि यस वर्ष ‘एचआईभीको नियन्त्रणमा समुदायको प्रभावकारी भूमिका’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ।

केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले ६० जिल्लामा एचआईभी रोग नियन्त्रण गर्न उपचार केन्द्र स्थापना गरिएको जानकारी दिँदै प्रदेश र स्थानीय तहको समन्वयमा एचआईभीको उपचारलाई प्रभावकारी बनाउने बताए।

यौनरोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले एचआईभी सङ्क्रमण अझ घटाउन सुरक्षित कार्यक्रम सञ्चालन गर्ने जनाउँदै मधुमेह र उच्च रक्तचाप जस्तै एचआईभी संक्रमणलाई नियन्त्रण गर्न सकिने जनाए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि