एम्बुलेन्स खरिद गर्न साँस्कृतिक मेला
चितवन : माडीमा एम्बुलेन्स खरिदका लागि साँस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा माडी नगरपालिका–१ बरुवा बजारमा मेला हुन लागेको हो।
मेलाका संयोजक एवं थारू कल्याणकारिणी सभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दैै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पुर्याउने बताइएको छ। मेला यही मंसिर २० देखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा