Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एम्बुलेन्स खरिद गर्न साँस्कृतिक मेला

एम्बुलेन्स खरिद गर्न साँस्कृतिक मेला

चितवन :  माडीमा एम्बुलेन्स खरिदका लागि साँस्कृतिक तथा पर्यटन मेला गरिने भएको छ।

थारू कल्याणकारिणी सभा क्षेत्र नं. १ माडीको आयोजना, स्टार स्पोर्टस् क्लब बरुवा र स्वदेश एफएम माडीको सहआयोजनामा माडी नगरपालिका–१ बरुवा बजारमा मेला हुन लागेको हो।

मेलाका संयोजक एव‌ं थारू कल्याणकारिणी सभाका अध्यक्ष भीमप्रसाद महतोले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दैै एम्बुलेन्स खरिदका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

थारू कल्याणकारिणीसभा माडीले सञ्चालन र व्यवस्थापन गर्ने सो एम्बुलेन्सले बाँदरझुलादेखि माडीका अन्य क्षेत्रमा सेवा पुर्याउने बताइएको छ। मेला यही मंसिर २० देखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि