Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतमा बलात्कारपछि महिला चिकित्सकको हत्या

भारतमा बलात्कारपछि महिला चिकित्सकको हत्या

भारतको तेलंगना राज्यको हैदरावादमा एक महिला चिकित्सकलाई बलात्कारपछि हत्या गरिएको घटना सार्वजनिक भएको छ। बिहीबार राति घर फर्किने क्रममा पशु चिकित्सक २७ वर्षीया प्रियंका रेड्डीलाई केही व्यक्तिले बलात्कार गरी हत्या गरेका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार डा. प्रियंका सधैँ अस्पतालबाट ड्युटी सकेर साँझ ५ बजे क्लिनिक जाने गर्थिन्। त्यहाँबाट बेलुकी घर फर्किन्थिन्। बिहीबार उनी घर फर्किँदा रातको सवा ९ बजेको थियो। बाटोमा स्कुटर पञ्चर भएपछि उनी ओर्लेकी थिइन्। त्यसपछि उनले नजिकै देखिएको एक ट्रकमा रहेकाहरूसँग सहयोग मागेकी थिइन्।

सहयोग गर्ने नाममा स्कुटर लैजाँदै उनीहरूले डा. प्रियंकालाई सुनसान ठाउँमा लगी सामूहिक बलात्कार गरी हत्या गरेका थिए। त्यसपछि प्रमाण नष्ट गर्ने उद्देश्यले उनलाई जलाउने प्रयास गरिएको थियो। भोलिपल्ट बिहान एक निर्माणाधीन पुलमुनि आधा जलेको  अवस्थामा उनको शव भेटिएको थियो।

घटनापछि दुई दिनको बिचमा प्रहरीले श‌कास्पद चारजनालाई नियन्त्रणमा लिएको बताएको छ।

Photo: patrika.com

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन