Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

महाकाली अस्पतालमा सिकलसेलको उपचार शुरु

महाकाली अस्पतालमा सिकलसेलको उपचार शुरु

कञ्चनपुर : भीमदत्त नगरस्थित महाकाली अस्पतालमा सिकलसेल एनिमियाको उपचार शुरु भएको छ। सिकलसेल एनिमिया जाँचका लागि यहाँ उपकरण जडान गरिएको छ।

जडान गरिएको उपकरण परीक्षणका क्रममा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए। ‘धनगढीबाट प्राविधिक बोलाएर पूर्णरूपमा सेवा सञ्चालन गरिनेछ’, उनले भने।

थारु जातिमा देखा पर्ने सिकलसेल एनिमियाका बिरामीको जाँचसँगै उपचार निःशुल्क रूपमा गरिने छ। उपकरण खरीद गर्न सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको थियो। सिकलसेल एनिमियाको उपचार यसअघि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतामा मात्रै गरिँदै आएको थियो।

सिकलसेल एनिमियाका बिरामीका लागि सरकारले औषधि खरी गर्न एक लाख रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ। बिरामीको उपचारमा लाग्ने औषधि अस्पतालबाटै उपलब्ध गराइने अवस्थीले बताए।

कैलाली र कञ्चनपुरमा हालसम्म सिकलसेल एनिमियाका ५२६ बिरामी देखा परेका छन्। सिकलसेल ३३५ महिला तथा २९१ पुरुषमा देखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि