मलङ्गवा अस्पतालमा आगलागी
सर्लाही : मलङ्वा अस्पतालमा आगलागी भएको छ। विद्युत सट भई अस्पतालको माथिल्लो तल्लामा आगलागी हुँदा कम्प्युटर, ल्यापटप, फ्रिज लगायतका विद्युतीय उपकरण तथा औषधिसमेत जलेको प्रहरीले जनाएको छ ।
आगलागीबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए। प्रहरी, स्थानीय बासिन्दा, व्यापारी र अस्पतालका कर्मचारीको सहयोगमा आगो नियन्त्रणमा लिइएको स्थानीय मलङ्गवा अस्पतालका प्रमुख सञ्जीवकुमार सिंहले जानकारी दिए।
मलङ्गवा नगरपालिकामा रहेको वारुणयन्त्र बिग्रेर वीरगञ्ज बनाउन लगेका कारण आगो निभाउन कठिनाइ भएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा