Health TV Online
Health TV Online

प्रधानमन्त्री खतरामुक्त, तर एकसाता अस्पतालमै रहने

प्रधानमन्त्री खतरामुक्त, तर एकसाता अस्पतालमै रहने

काठमाडाैं : मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेको  छ।  तर उनलाई उपचारका लागि थप एक साता अस्पतालमै राखिने भएको छ।

चिकित्सकहरूले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी ओली खतरामुक्त रहेको बताएका हुन्। घाउ निको हुन कम्तीमा १० दिन लाग्ने भएकाले अझै एक सातासम्म आईसीयूमै राखेर उपचार गर्ने निष्कर्षमा पुगेकाे उनीहरूले बताए।

पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका निजी चिकित्सक डा.अरुण सायमी र डा. दिव्यासिंह शाह, सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठ, शल्यचिकित्सक रमेशसिंह भण्डारी र क्रिटिकल केयर डाक्टर सुरज आचार्य थिए।

प्रा. डा. भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य क्रमश: सुधार हुँदै गएकाले अझै एक साता अस्पतालमै राखेर उपचार गरिने जानकारी दिए।

सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ सर्जन प्रा. डा. रमेशसिंह भण्डारी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्रीको आकस्मिक शल्यक्रिया गरेको थियो।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार