Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सीएमसीले भन्याे : सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थालिसक्याैँ

सीएमसीले भन्याे : सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थालिसक्याैँ

चितवन : चितवन मेडिकल कलेज (सीएमसी)ले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ।

कलेजले बिहीबार पत्रकार सम्मेलन गरी मंसिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले सरकारसँग भएका दुईबुँदे सहमति पालना गर्न थालेको बताए। सहमतिमा विश्वविद्यालयबाट परामर्श गरी बैंकिङ प्रणालीद्वारा विद्यार्थी भर्ना प्रक्रिया थालनी गरिएको शैक्षिक सत्र २०७४\०७५ र २०७५\०७६ मा नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएका मेडिकल कलेजले बुधबारबाट बढी लिएको रकम फिर्ता वा समायोजनको कार्य थालनी गर्ने उल्लेख छ।

सहमतिमा शैक्षिक सत्र २०७२\०७३ र २०७३\०७४ को हकमा विश्वविद्यालयको समन्वयमा अध्ययन, छलफल र छानबिन गरी चिकित्सा शिक्षा आयोगबाट उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोगसमक्ष अनुरोध गर्ने भन्ने बुँदा पनि उल्लेख छ।

न्यौपानेले मन्त्रालयमा उक्त सहमति हुनुअघि नै चितवन मेडिकल कलेजले गत शैक्षिक सत्रमा लिइएको अतिरिक्त शुल्क समायोजन गर्ने घोषणा गरेको भए पनि कार्यान्वयनका लागि आन्दोलनरत विद्यार्थी र अभिभावकबाट अपेक्षित सहयोग नपाएका कारण सफल हुन नसकेको सो अवसरमा जानकारी दिए।

‘सरकारसँग मेडिकल कलेज सञ्चालकका पनि केही असहमति थिए र छन् तर पनि नियमन गर्ने र अभिभावक भनेकै नै सरकार हो’, उनले भने, ‘त्यसैले सरकारले दिने निर्देशन र सहमति पालना गर्नु मेडिकल कलेजको दायित्व हो। त्यसमा हामी दृढ छौँ।’

सरकारसँग भएको सहमतिपछि आन्दोलरत विद्यार्थीको माग पनि पूरा भएको बुझाई मेडिकल कलेज सञ्चालकको रहेको भन्दै उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठनपाठनको सहज वातावरण बनाउन विद्यार्थीसँग आग्रह गर्नुभयो।

राससका अनुसार विद्यार्थीले भने सरकारसँग भएको मेडिकल कलेज सञ्चालकको सहमति मान्य नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन