Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीको उपचारमा संलग्‍न चिकित्सकहरूको बैठक

प्रधानमन्त्री ओलीको उपचारमा संलग्‍न चिकित्सकहरूको बैठक

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्‍न चिकित्सकहरूको बैठक जारी छ।  अहिलेसम्मको उपचारको समीक्षा र भावी उपचारको शैली तय गर्न डा. अरुण सायमीको नेतृत्वमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बैठक बसेकाे हाे।

बैठकमा प्रधानमन्त्रीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राखेर उपचार गर्ने वा शिक्षण अस्पताल लैजाने भन्ने विषयमा छलफल हुँदै गरेको एक चिकित्सकले बताए। मनमोहनमा डाइलासिस मेसिन नभएकाले पनि प्रधानमन्त्रीलाई शिक्षण असपतालमा सार्न खाेजिएको हो।

एपेन्डिसाइटिस शल्यक्रियापछि अस्पतालमै आराम गरिरहेका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार पुनः डायालासिस गरिएको थियो। शिक्षण अस्पतालबाट डायलाइसिस मेसिन ल्याएर उनको रगत सफा गरिएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार