अहिले यस्ताे छ, प्रधानमन्त्रीकाे स्वास्थ्य
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रममिक सुधार भइरहेको छ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बिहीबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएकाे हाे।
उनी अहिले सामान्य हिँडडुल गर्न सक्ने भएका छन्। बुधबार कालो चिया र जुस खाएका उनलाई चिकित्सकहरूले बिहीबार बिहान जाउलो खुवाउने बताएका छन्। उनकाे स्वास्थ्यमा सुधार भइरहेकाे तर खतरामुक्त भने अझै भइनसकेकाे जनाइएकाे छ।
यसैबीच बुधबार साँझ प्रधानमन्त्रीको डायलासिस पनि गरिएको छ। एक महिनामा उनकाे याे पाँचाैँ डायलासिस हाे। यसअघि आइतबार डायलासिस गरिएकाे थियाे।
सोमबार राति पेट दुखेपछि प्रधानमन्त्री ओली चिकित्सककाे सल्लाहमा मंगलबार बिहानै अस्पताल पुगेका थिए। अस्पतालमा परीक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’ भएको देखिएको थियो। त्यसपछि उनको शल्यक्रिया गरिएको थियो।






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित