एड्सले दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु
प्राणघातक रोग एड्सका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोर किशोरीहरुको मृत्यु भएको पाइएको छ।
युनिसेफले मंगलबार सार्वजनिक गरेको विश्वभरीको तथ्यांक अनुसार हरेक घण्टा १३ जनाको मृत्यु हुने गरेको हो।
पर्याप्त उपचारको व्यवस्था नहुनु, उपचारमा पहुँचको अभावलगायतका कारणले उनीहरूको मृत्यु भएको जनाइएको छ।
सन् २०१८ मा १४ वर्षसम्मका ५४ प्रतिशत अर्थात् ७ लाख ९० हजार बालबालिका एचआईभी सहित बाँचेका छन्। उनीहरूले विभिन्न उपचार विधि अपनाएको युनिसेफले जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
बिरामीलाई औषधी उपचारका लागि सबैभन्दा धेरै पहुँच दक्षिण एसियामा रहेको पाइएको युनिसेफले जनाएको छ। दक्षिण एसियामा ९१ प्रतिशत विरामीको पहुँच छ भने त्यसपछि धेरै मध्यपूर्व र उत्तर अफ्रिकामा देखिएको छ। त्यहाँ ७३ प्रतिशत बिरामीको पहुँच देखिएको छ।
त्यसैगरी पूर्वी तथा दक्षिण अफ्रिका, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा ६१ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबिनमा ४६ प्रतिशत र पश्चिम तथा मध्य अफ्रिकामा २८ प्रतिशत बिरामीलाई मात्रै औषधी उपचारमा पर्याप्त पहुँच भएको युनिसेफले जनाएको छ।
सन् २०१८ मा एचआईभी एड्सबाट संक्रमित भएका नौ वर्षसम्ममा एक लाख ६० हजार नयाँ विरामी थपिएका छन्।
विश्वभरी अहिले यही उमेर समूहका एचआईभी संक्रमित बालबालिकाको संख्या ११ लाख रहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
रासस





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित