प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार : अस्पताल
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको चिकित्सकले बताएका छन्।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बुधबार साँझ विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी दिएको हो।
अस्पतालका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तरमा निगरानीमा राखिएको जानकारी दिइएको छ।
मंगलबार प्रधानमन्त्री ओलीको ‘एपेन्डिसाइटिस’ शल्यक्रिया गरिएको थियो।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा