Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, कुरा गर्न सक्ने अवस्थामा

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, कुरा गर्न सक्ने अवस्थामा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्स प्लान्ट सेन्टरले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा आज बिहान सेन्टरले जारी गरेको विज्ञप्तिमा उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाइएको छ। सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान सो सेन्टरमा गएका थिए। परीक्षणका क्रममा उनको एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा  शल्यक्रिया गरिएको थियो।  सघन उपचारको सम्पूर्ण व्यवस्थासहित उनी  निरन्तर निगरानीमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार