Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियाे

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियाे

काठमाडौं : स्वास्थ्य अवस्थामा सुधार देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरबाट निकालिएको छ।

प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेकाले बुधबार बिहान भेन्टिलेटरबाट निकालिएको जानकारी चिकित्सकले दिएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले बताए। उनलाई अझै केही दिन अस्पतालमै राखिने चिकित्सकले बताएका छन्।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा आइतबार चौथोपटक डायलासिस गरिएको थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार