विद्यार्थीसँग लिएको बढी रकम फिर्ता गर्न निजी मेडिकल कलेज सञ्चालकहरू सहमत
काठमाडौं : निजी मेडिकल कलेज सञ्चालकहरू विद्यार्थीबाट लिएको बढी रकम फिर्ता गर्न सहमत भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मंगलबार रातिसम्म बसेको सरकारी उच्च अधिकारीसँगकाे बैठकमा निजी मेडिकल कलेज सञ्चालकहरूले शुल्क फिर्ता वा समायोजन गर्ने प्रतिबद्धता जनाएका हुन्।
विद्यार्थीसँग सरकारले तोकेभन्दा बढी लिएको रकम विद्यार्थीबाट फिर्ता गर्न बुधबारबाटै प्रक्रिया थाल्ने १३ निजी मेडिकल कलेजका सञ्चालकहरूले बताएका छन्।
यसअघि बुधबार दिउँसो उनीहरूले कुनै हालतमा विद्यार्थीलाई रकम फिर्ता गर्न नसक्ने व्यहोराको पत्र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएका थिए।
सोमबार र मंगलबार गृहमन्त्री रामबहादुर थापा बादल र शिक्षामन्त्री पोखरेलसहित महान्यायाधिवक्ता अग्नि खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको बैठक गृह मन्त्रालयमा बसेको थियो। बारम्बार अल्टिमेटन दिँदा पनि नटेरेको भन्दै उनीहरूलाई प्रहरी प्रशासन लगाएर कारबाही गर्ने निष्कर्षमा सरकार पुगेकाे थियो।
विद्यार्थीहरूबाट उजुरी लिएर बुधबारदेखि मेडिकल कलेज सञ्चालकहरूलाई पक्राउ गर्ने निर्णय गृह मन्त्रालयमा भएकाे थियाे। आफूहरू पक्राउ पर्ने सूचना पाएपछि निजी मेडिकल कलेज सञ्चालकहरू राति नै वार्ता गर्न शिक्षा मन्त्रालय गएका थिए। बुधबार राति घण्टौँ लामो वार्तापछि उनीहरू रकम फिर्ता गर्न सहमत भएका हुन्।
मेडिकल कलेजहरूले बढी शुल्क लिएको विराेधमा विद्यार्थीहरूले लामो समयदेखि आन्दोलनरत छन्।
सरकारसँग निजी मेडिकल कलेजका सञ्चालकले गरेकाे सहमति






डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित