रकम फिर्ता नगर्ने मेडिकल कलेजलाई भोलिदेखि कारबाही, सञ्चालक पक्राउ पर्ने
काठमाडौं : विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजलाई सरकारले कारबाही गर्ने भएको छ।
मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले सहमतिमा नआएका मेडिकल कलेजका सञ्चालकलाई बुधबारदेखि पक्राउ गर्ने निर्णय गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत सहभागी बैठकले यस्तो निर्णय गरेको हो।
बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
यसअघि दिइएको १५ दिनको अल्टिमेटम सकिएपछि सोमबार गृह मन्त्रालयमै बसेको बैठकले मेडिकल कलेजलाई शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको थियो।
मंगलबार मेडिकल कलेजले भने रकम फिर्ता गर्न नसक्ने अडान राखेपछि सरकार एक्सनमा उत्रिन लागेको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण