‘एपेन्डिसाइटिस’ शल्यक्रियापछि प्रधानमन्त्री ओली ‘आईसीयू’मा, तीन दिन अस्पतालमै रहने
काठमाडौं : एपेन्डिसाइटिसको अप्रेसनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आईसीयू’मा सारिएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेसन गरिएकाे हाे।
त्रिवि शिक्षण अस्पतालका डा. रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेसन गरेकाे हाे। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोली पनि अप्रेसन थिएटरमै रहेकाे थियाे।
आईसीयूमा रहेका प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेसन गरेको हो।
प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसनका लागि त्रिवि शिक्षण अस्पतालबाट डा. भण्डारीको नेतृत्वमा चिकित्सक मगाइएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा