प्रधानमन्त्रीलाई ‘एपेन्डिसाइटिस’, शल्यक्रियाको तयारी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको ‘एपेन्डिसाइटिस’ को शल्यक्रिया गरिने भएको छ। अस्वस्थ भएपछि मंगलबार बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर लगिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणको क्रममा एपेन्डिसाइटिस भएको पाइएको हो।
एपेन्डिसाइटिस भएको पत्ता लागेसँगै अस्पतालले मंगलबार नै उनको अप्रेसनको तयारी गरेको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले प्रधानमन्त्रीको अप्रेसनका लागि तयारी भइरहेको जानकारी दिए।
प्रधानमन्त्री ओली मिर्गौलाका पनि बिरामी हुन्। १२ वर्षअघि प्रत्यारोपण गराइएको मिर्गौलामा समस्या आएपछि उनी दुईपटक सिंगापुर पुगिसकेका छन् भने काठमाडौंको ग्राण्डी अस्पतालमा चारपटक डायलायसिस गराइसकेका छन्।
प्रधानमन्त्री ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न गत आइतबार साँझ मात्रै ग्राण्डीमा चौथोपटक हेमोडायलसिस गरिएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित