प्रधानमन्त्री ओली अस्पताल भर्ना
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पुन: अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सोमबार राति पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको बताइएको छ। बिहान अस्पतालमा परीक्षणका क्रममा चिकित्सकको सल्लाहमा उनी भर्ना भएको प्रेस सल्लाहकार थापाले जानकारी दिए।मिर्गौलाका बिरामी प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले देखापरेको समस्याबारे अस्पतालले केही खुलाएको छैन।
प्रधानमन्त्री ओलीले यसअघि ग्राण्डी अस्पतालमा चारपटक मिर्गौलाको डायलासिस गराएका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा