देउखुरीमा बन्दै सर्पदंश उपचार केन्द्र
दाङ : देउखुरीमा सर्पदंश उपचार केन्द्र भवनको शिलान्यास गरिएको छ। लमही अस्पतालनजिकै सर्पदंश उपचार केन्द्र भवन निर्माण हुन लागेको हो।
पश्चिममा नेपालगञ्जदेखि पूर्वमा कपिलवस्तुसम्म सर्पदंश उपचार केन्द्र नहुँदा यो क्षेत्रमा सर्पको डसाइबाट धेरैले ज्यान गुमाएका थिए।
सर्पदंश भवनको शिलान्यास लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले गरे। भवनको शिलान्यास गर्दै नगरप्रमुख केसीले अब सर्पको डसाइबाट अकालमा कसैले ज्यान गुमाउन नपर्ने विश्वास व्यक्त गरे। नगर प्रमुख केसीले अस्तालमा औषधि कमी हुन नदिने बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा