Health TV Online
Health TV Online
Health TV Online

निजी मेडिकलका सञ्चालक भन्छन्, व्यावहारिक पक्ष हेरेर मान्छौँ सरकारको निर्देशन

निजी मेडिकलका सञ्चालक भन्छन्, व्यावहारिक पक्ष हेरेर मान्छौँ सरकारको निर्देशन

काठमाडौं : अतिरिक्त शुल्क लिएका मेडिकल कलेज शुल्क समायोजन गर्न लचिलो बनेका छन्। सरकारले दिएको १५ दिन ‘अल्टिमेटम’ सकिने अघिल्लो दिन सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज सञ्चालक शुल्क समायोजन गर्न लचिलो बनेका हुन्।

मेडिकल कलेज सञ्चालकहरूले आन्तरिक छलफल गरी मंगलबार लिखित प्रतिबद्धता जनाउने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज सञ्चालकहरूलाई मन्त्रालयमा बोलाएका थिए।

छलफलपछि नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडियाले सरकारले निर्धारण गरेको शुल्कको व्यावहारिक पक्ष हेरेर सरकारको निर्देशन मान्न तयार रहेको प्रतिक्रिया दिए।

बैठकमा मेडिकल कलेज सञ्चालकहरूले म‌ंगलबारसम्मको समय मागेकाले निर्णय हुन सकेन। विद्यार्थीको रकम फिर्ता गर्न सरकारले दिएको समयसीमा सोमबार सकिएको छ। सरकारले म‌ंगलबारसम्म रकम फिर्ता प्रक्रिया अघि नबढाए मेडिकल कलेजहरूलाई ठगी मुद्दा लगाउने बताइसकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार