मेडिकल कलेजले बढी शुल्क फिर्ता गर्ने म्याद भोलिसम्म, नगरे सरकारले कारबाही अघि बढाउने
काठमाडौं : विद्यार्थीहरूबाट बढी शुल्क लिएका मेडिकल कलेजले मंगलबारसम्म रकम फिर्ता नगरे सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ।
सोमबार गृह मन्त्रालयमा मन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायत सहभागी बैठकले विद्यार्थीबाट बढी असुलेको अतिरिक्त शुल्क भोलिसम्म फिर्ता नगरे मेडिकल कलेजलाई कारबाही थाल्ने निर्णय गरेको हो। बैठकले उजुरी लिएर कारबाही थाल्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको गृहमन्त्रालयले जनाएको छ।
यसअघि सरकारले शुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसीमा दिँदै बढी रकम फिर्ता वा समायोजन गर्न आग्रह गरेको थियो। त्यसबेला पनि दुई पटक समय दिएर बढी रहम फिर्ता नगरे कारबाही अघि बढाउने अन्तरमन्त्रालय बैठकको निर्णय मेडिकल कलेजका मालिकले बेवास्ता गरेका थिए। पछिल्लो पटक सरकारले दिएको १५ दिनको समय मंगलबार सकिँदैछ।
चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज वीरगञ्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरालगायतले बढी शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण