सप्तरीमा नेपाल क्यान्सर अस्पतालकाे निशुल्क स्वास्थ्य शिविर
काठमाडौं: नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरकाे प्राविधिक सहयोगमा सप्तरीको सुरुंगामा एक दिने निशुल्क क्यान्सर परिक्षण शिविर सञ्चालन भएको छ ।
सुरुंगामा शनिबार सञ्चालित उक्त शिविरमा ५सय २३ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । त्यस मध्ये ३ सय बढी महिलाको प्याप्स मेयर टेस्ट गरिएको थियो।

विशेष गरी स्तन क्यान्सर र पाठेघरको क्यान्सरबारे सचेचना फैलाउन र उपचारको पहुँचमा नहुनेलाई सेवा दिने उद्धेस्यले उक्त स्थानमा शिविर सञ्चालन गरिएको शिविर संयोजक एवं नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले जानकारी दिइन ।

शिविरमा समस्या पहिचान मात्रै हैन क्यान्सरको बारेमा परामर्श समेत प्रदान गरिएको थियो । शिविरका लागि नेपाल क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक, क्यान्सर सर्भाभर एवं प्राविधिक टोली सुरुगां पुगेको थियो । शिविरका लागि नेपाल क्यान्सर सहयोग समूह, रोटरी क्लब अफ एल , वुमन चेम्बर अफ कमर्स, इन्ट्रयाक्ट क्लब अफ एल ,उपचारका लागि सहयोगी हातहरु, सुरुगां नगरपालिका लगायतका संस्थाले सहयोग गरेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण