पेस्तोल भेटिएको घटनाबारे निष्पक्ष छानबिन गर्न सीएमसीकाे माग
चितवन : होस्टलभित्र पेस्तोल भेटिएको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न चितवन मेडिकल कलेज प्रशासनले माग गरेको छ।
कलेजले आइतबार विज्ञप्ति जारी गरी घटनाका सम्बन्धमा आरोप प्रत्यारोप नगरी निष्पक्ष छानविनमा सहयोग गर्न आग्रह गरेको हो।
शनिबार प्रहरीले दिउँसो कलेजको छात्रावास नजिकको खेल मैदानमा निलो झोलामा पेस्तोलसहित दुई थान गोली र थ्री नट थ्री राइफलमा लाग्ने गोली एक थान लगायतका सामग्री भेटेको थियो।
कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै निकै लामो समयदेखि आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रर्दशन गर्ने तयारी गरेको अघिल्लो दिन हतियार भेटिएको हाे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा