विद्यालयमा सेनिटरी प्याड मेसिन जडान
बैतडी : जिल्लामै पहिलोपटक डिलासैनी गाउँपालिका–३ पङसेरास्थित महादेव माध्यमिक विद्यालयमा सेनिटरी प्याड मेसिन जडान गरिएको छ।
महिनावारी भएको बेला छात्रा विद्यालय नआउने क्रम हटाउन विद्यालयमा सेनेटरी प्याड मेसिन जडान गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती भण्डारी रानाले बताइन्। विद्यालयका प्रधानाध्यापक आशा पालले मेसिन जडान भएसँगै महिनावारी भएको वेला पनि छात्राहरू नियमित विद्यालयमा आउने विश्वास व्यक्त गरिन्।
मेसिन जडान भएसँगै सबै छात्रा र शिक्षिकाहरूलाई स्मार्ट कार्ड वितरण गरिएको छ। त्यही स्मार्ट कार्डमार्फत उनीहरूले सेनिटरी प्याड निकाल्न सक्नेछन्। डिलासैनी गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र अनिरुद्र ग्रामीण सुधार केन्द्रको लगानीमा मेसिन जडान गरिएको हो।
एक लाख १५ हजार रुपैयाँ लगानीमा जडान गरिएको मेसिनबाट एकपटकमा ५० वटा सेनिटरी प्याड उपलब्ध हुने जनाइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा