Health TV Online
Health TV Online
Health TV Online

दमक अस्पतालमा नयाँ संरचना

दमक अस्पतालमा नयाँ संरचना

झापा :  दमक अस्पतालमा नयाँ संरचनाबाट सेवा शुरु भएको छ। अस्पतालकाे काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरंग सेवा नयाँ भौतिक संरचनाबाट एकैसाथ सञ्चालनमा ल्याइएको हो।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट प्राप्त २६ लाख रुपैयाँको लागतमा ती संरचना निर्माण गरिएका अस्पतालले जनाएको छ। अस्पताल परिसरमा आइतबार झापा क्षेत्र नं. ५ (ख) का प्रदेशसभा सदस्य अर्जुन राई र नगरप्रमुख रोमनाथ ओलीले नयाँ भवन उद्घाटन गरे।

अस्पताल सञ्चालक समिति अध्यक्ष तथा नगर उपप्रमुख गीता अधिकारीको अध्यक्षतामा कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर तपनकुमार साहले अस्पतालमा क्रमिक रूपमा भौतिक पूर्वाधारको विकास भइरहेको बताए। हाल अस्पतालमा दैनिक ३०० देखि ५०० बिरामीले सेवा लिने गरेको उनले जानकारी दिए।

अस्पतालका लागि नयाँ सुविधासम्पन्न अर्को भवन निर्माणको प्रक्रिया पनि शुरु भएको नगरपालिकाले जनाएको छ। अस्पतालमा ६० कोठाको नयाँ सुविधासम्पन्न अस्पताल निर्माणका लागि अर्थमन्त्रालयले २७ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको नगरपालिकाका सब इन्जिनियर कमल दाहालले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार