बझाङमा किशोरी अवस्थामै गर्भवती हुनेको संख्या अत्यधिक, नगरपालिकामै २२८ जना
बझाङ : जिल्लामा किशोरी अवस्थामै गर्भवती हुनेको संख्या बढेको छ। जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन शाखाका अधिकृत डिल्लीरमण जोशीले गर्भ जाँच गराउनेमा अधिकांश किशोरी रहेको जानकारी दिए।
सबैभन्दा बढी जयपृथ्वी नगरपालिकामा २२८ जना र सबैभन्दा कम साइपाल गाउँपालिकामा पाँच किशोरी गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ।
यस्तै वित्थडचिरमा गाउँपालिका ६३, तल्कोट गाउँपालिकामा २७, मष्टा गाउँपालीका ६, खप्तड छान्ना गाउँपालिकामा ५०, दुर्गाथली गाउँपालिकामा ५१, थलारा गाउँपालिकामा ३२, सुर्मा गाउँपालिकामा ६१ र बुङ्गल गाउँपालिकामा १६२ किशोरी गर्भवती छन्।
कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा.सन्दीप ओखेडाले सानै उमेरमा गर्भवती हुनुमा बालविवाह, आर्थिक, धार्मिक, सांस्कृतिक कारण रहेको जानकारी दिए। जिल्लामा बालविवाह धेरै भए पनि न्यूनीकरणका लागि कुनै निकायबाट पहल नभएको उनको भनाइ थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा