स्वास्थ्य केन्द्रमा तीन महिनादेखि छैनन् चिकित्सक
रामेछाप : लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीको प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि चिकित्सकविहीन छ। चिकित्सक नहुँदा स्वास्थ्य केन्द्रमा जाने बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।
स्वास्थ्य केन्द्रका डाक्टर गुटी झा समायोजन भएपछि तीन महिनाअघि सरुवा भएपछि नयाँ चिकित्सकआएका छैनन्। लिखु तामाकोशीका साथै मन्थली नगरपालिका, गोकुलगंगा गाउँपालिका र दोलखा जिल्लाका बिरामी स्वास्थ्य चौकीमा उपचारका लागि आउने गर्छन्। तर, डाक्टर नहुँदा उनीहरू अहेबसँग जाँच गराएर फर्किने गरेका छन्।
सेवा प्रवाहमा समस्या भएको भन्दै स्वास्थ्य चौकी व्यवस्थापन समितिले चिकित्सकको व्यवस्था गर्न त्यतिबेलै गाउँपालिकासँग माग गरेको थियो। तर अहिलेसम्म चिकित्सककाे व्यवस्था हुन सकेकाे छैन।
स्वास्थ्य कार्यालय रामेछापले पुराना चिकित्सक सरुवा भएर गएको र नयाँ नआएकोले समस्या भएको बताएकाे छ। नयाँ चिकित्सककाे विषयमा तत्काल केही निर्णाय हुने अवस्था नरहेकाे उसकाे भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा