कंगोमा दादुरा महामारी, झण्डै ५००० जनाको मृत्यु
प्रजातान्त्रिक गणतन्त्र कंगोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५,००० मानिसको मृत्यु भएको छ।
यो वर्ष मात्रै झण्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ।
कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ।
कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए।
तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ।
अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ। तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने संख्याभन्दा आधाले पनि कम हो।
त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन्। प्रभावितमध्ये अधिकांश शिशुहरू छन्।
दादुरा के हो?
दादुरा एउटा भाइरसका कारण लाग्छ। सङ्क्रमण भएपछि सिँगान बग्न थाल्छ तथा हाच्छिउँ र ज्वरो आउँछ।
त्यसको केही दिनपछि अनुहारमा दाग देखिन्छ र शरीरभरि फैलिन थाल्छ।
अधिकांश मान्छेलाई आफैँ निको हुन्छ।
तर यदि त्यसले निमोनिया वा इन्सेफलाइटिस अर्थात् मस्तिष्कको सुजन भएमा दादुराले जीवनभरि अपाङ्गता निम्त्याउन सक्छ।
दादुराका कारण विश्वभरि प्रत्येक वर्ष एक लाख १० हजार मानिसको ज्यान जाने गरेको अनुमान छ।
बीबीसी नेपाली




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै