नगरपालिकामा नागरिक स्वास्थ्य सहायता कक्ष
दैलेख : नारायण नगरपालिकामा नागरिक स्वास्थ्य सहायता कक्ष स्थापना भएको छ। नगरपालिकामा आउने सेवाग्राही तथा कर्मचारीलाई स्वास्थ्य सेवा प्रदान गर्न सहायता कक्ष स्थापना गरिएको बताइएकाे छ।
नगरपालिकामा सेवा लिन आएका सेवाग्राही आकस्मिक बिरामी परेमा सेवा दिने उद्देश्यले सहायता कक्षको स्थापना गरिएको नगपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले बताए।
बिहीवार सहायता कक्षको उद्घाटन गर्दै नगरप्रमुख रत्नबहादुर खड्काले स्वास्थ्य सहायता कक्षबाट नगरपालिकामा आउने सेवाग्राहीको नियमित स्वास्थ्य जाँच गरिने बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा