जंगली मौरीले चिल्दा एककाे मृत्यु, पाँचजना बिरामी
सर्लाही : जंगली मौरीले चिल्दा मलङ्गवा–७, मुसैलीमा १ बालककोे मृत्यु भएको छ। पाँचजना अस्पताल भर्ना भएका छन्।
मुसैलीस्थित बाँसघारीमा रहेको मौरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
मौरीको चिलाइका कारण ३५ वर्षीया चिन्तादेवी राय, छोरा चार वर्षीय रविकुमार राय, स्थानीय २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देववती देवी र १८ वर्षीय रामध्यान महतो बिरामी भएका छन्। बिरामी पाँचैजना मलंगवा अस्पतालमा उपचारपछि अहिले घर फर्किसकेको जानकारी दिइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा