सिटिजन्स बैंकका कर्मचारी र ग्राहकलाई स्पार्क अस्पतालमा छुट
काठमाडौं : कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पताल र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
बिहिबार सम्झौतापत्रमा स्पार्क अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजाल र बैंकका प्रमुख कार्यकारी अधिकृत पारस कुमार काफ्लेले हस्ताक्षर गरे। यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका सम्पूर्ण ग्राहकले उपचार खर्चमा आकर्षक छुट सुविधा पाउने छन्।
अस्पतालका प्रबन्ध निर्देशक रिजालले भने,हामीले उहाँहरूलाई अस्पतालमा पाइने सेवामा विशेष छुट प्रदान गर्नेछौँ त्यसका लागि कार्ड अनिवार्य लिएर आउनुपर्नेछ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा