निःशुल्क आँखा शिविरमा ५२३ जनाले लिए सेवा
पर्वत : जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सय जनाभन्दा बढीको परीक्षण गरिएको छ।
आइतबारदेखि तीन दिन चलेको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, सालिजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिए।
शिविरमा ५२३ जना लाभान्वित भएको क्लबका अध्यक्ष दिनेश बानियाँले बताए। हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। आँखा परीक्षण, परामर्श र मोतियाविन्दुको शल्यक्रिया सेवा दिइएको हो। दुई सय पुरुष र ३१५ महिलाले सेवा लिएका छन्। आठ महिला र नौ पुरुषको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो।
शिविरमा ३४ हजार ८४१ बराबरको औषधि र ६० हजार मूल्य बराबरका ३०० थान चश्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताए।
लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको हाे। शिविरमा आँखा उपचार केन्द्रको प्राविधिक सहयोग रहेकाे थियाे।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै