Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क आँखा शिविरमा ५२३ जनाले लिए सेवा

निःशुल्क आँखा शिविरमा ५२३ जनाले लिए सेवा

पर्वत : जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविरमा पाँच सय जनाभन्दा बढीको परीक्षण गरिएको छ।

आइतबारदेखि तीन दिन चलेको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, सालिजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिए।

शिविरमा ५२३ जना लाभान्वित भएको क्लबका अध्यक्ष दिनेश बानियाँले बताए। हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए। आँखा परीक्षण, परामर्श र मोतियाविन्दुको शल्यक्रिया सेवा दिइएको हो। दुई सय पुरुष र ३१५ महिलाले सेवा लिएका छन्। आठ महिला र नौ पुरुषको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो।

शिविरमा ३४ हजार ८४१ बराबरको औषधि र ६० हजार मूल्य बराबरका ३०० थान चश्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताए।

लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको हाे। शिविरमा आँखा उपचार केन्द्रको प्राविधिक सहयोग रहेकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन