Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिँदै सरकार

सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिँदै सरकार

काठमाडौं : गत असोजमा खुला दिसामुक्त राष्ट्र घोषणा गरेसँगै सरकारले पूर्ण सरसफाइका लागि सार्वजनिक शौचालय निर्माणलाई तीव्रता दिने भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक शौचालयको संख्या बढाउँदै जाने योजना बनाएको मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

सार्वजनिक शौचालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारको भएकाले यसको निर्माणमा प्रदेश र संघ सरकार पनि मिलेर अघि बढ्ने उनले बताए। सरकार आफैँले सञ्चालन गर्ने वा निजी क्षेत्रलाई सञ्चालन गर्न दिएर त्यसको अनुगमन मात्रै गर्नेमध्ये एउटा मोडल छान्न सकिने उनको भनाइ छ। ‘जुनसुकै मोडलमा जाँदा पनि सरकारले अनुगमन प्रभावकारी गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो’, उनले भने।

मन्त्रालयले पूर्ण सरसफाइमा जाने लक्ष्यका साथ व्यक्तिगत शौचालयको प्रयोगलाई समेत बढाउने गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता शाक्यले बताए। दुई महिनाअघि सबैका घरमा शौचालय पुगेका भनी पहुँचका आधारमा खुला दिसामुक्त घोषणा गरिएको थियो।

‘शौचालयको पहुँचसँगै त्यसका लागि आवश्यक कुराको व्यवस्थापन, प्रयोग बढाउने र शौचालय सफा राख्नुपर्छ भनी स्थानीयस्तरमा सचेतनाका कार्यक्रम शुरु गरिनेछ’, उनले भने, ‘शौचालयको भौतिक उपस्थिति मात्रै नभएर त्यसका लागि आवश्यक कुराको व्यवस्थापन अबको हाम्रो प्राथमिकता हो।’

सरकारले गत असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन