Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सक

नगरपालिकाको पहलमा जिल्ला अस्पतालमा चिकित्सक

सोलुखुम्बु : जिल्ला अस्पताल फाप्लुमा करिब तीन हप्तापछि चिकित्सक पुगेका छन्। सोलुदूधकुण्ड नगरपालिकाले छ महिनाका लागि चिकित्सकको व्यवस्था गरेको जनाएको छ।

नगरपालिकाले नियुक्त डा. स्मृति गौतमले आइतबारदेखि सेवा थालेको अस्पतालले जनाएको छ। अस्पतालमा चिकित्सक आएसँगै उपचारका लागि बाहिर जानुपर्ने अवस्था अन्त्य हुने स्थानीय बासिनदा बताउँछन्। गाउँका स्वास्थ्यचौकीद्वारा  सिफारिश गरिएका बिरामी  जिल्ला बाहिर जानुपर्ने अवस्था थियो।

कुनै बेला बिरामीले खचाखच भरिने अस्पतालमा अहिले भर्ना हुनेको संख्या शून्य छ भने ओपीडी सेवा लिनेको सङ्ख्यासमेत ५० प्रतिशतले घटेको छ।

नगरपालिकाले चिकित्सकको व्यवस्था गरेसँगै अब त्यसको समेत अन्त्य भएको माप्यदूधकोशी गाउँपालिका–३ बाट आउनुभएका मनिष शासंकरले शताए।

समायोजनसँगै चिकित्सक अभाव

स्वास्थ्यकर्मीको समायोजनसँगै जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। कुनै समय ११औँ तहका चिकित्सकसहित ३५ दरबन्दी रहेको जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा गएपछि नवौँ तहका चिकित्सकसहित १८ दरबन्दीमा खुम्चिएको छ। प्रदेश सरकारले समेत नवाैँ तहका सहित दुई चिकित्सक यही हप्ताभित्र पठाइसक्ने जनाएको छ।

माथिल्लो तहका सबै चिकित्सक करारमा हुने र तल्लो तहका कर्मचारी दरबन्दीको हुँदा कसको नेतृत्व रहने भन्ने अझै अन्योल छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन