Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पाँचखालमा ‘मोतियाविन्दुमुक्त नगर’ अभियान

पाँचखालमा ‘मोतियाविन्दुमुक्त नगर’ अभियान

काभ्रे : पाँचखाल नगरपालिकामा मोतियाविन्दुमुक्त नगर अभियान थालिएको छ। अभियानअन्तर्गत हालसम्म १२४ वृद्धवृद्धाको मोतियाविन्दुको शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ।

वडास्तरमा वृद्धवृद्धाको सामान्य स्वास्थ्य परीक्षणबाट मोतियाविन्दु देखिएकाको स्थानीय तथा काठमाडौँस्थित अस्पतालमा निःशुल्क शल्यक्रिया गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए। ‘१२४ जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भइसकेको छ’, उनले भने, ‘यसलाई निरन्तरता दिइरहेका छौँ।’ उनका अनुसार नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा विशेषगरी वृद्धवृद्धा तथा महिलालाई विशेष प्राथमिकता दिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाबाट छुट्टाछुट्टै स्वास्थ्यकर्मीको टोली खटाई गर्भवती तथा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गराई प्राथमिक स्वास्थ्य सेवाअन्तर्गत केन्द्रीय सरकारबाट प्राप्त हुनेमा नगरले थप गरी १०० थरिका औषधि निःशुल्क वितरण गर्दै आइएको खरेलले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन