Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

धुलाे र धुवाँले श्वासप्रश्वास र आँखाकाे समस्या बढ्याे

धुलाे र धुवाँले श्वासप्रश्वास र आँखाकाे समस्या बढ्याे

महोत्तरी :  जिल्लाका मुख्य सडक आसपास बस्ने सर्वसाधारणमा श्वासप्रश्वास र आँखाकाे समस्या बढेकाे छ। जिल्लाका बर्दिवास–जलेश्वर, जलेश्वर–बखरी–सम्सी, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर, लालगढ–भङ्गाहा, धर्मपुर–कुर्था–जनकपुर र बर्दिवास–रौजा–जलेश्वरसहितका सडकमा उड्ने धुलोले श्वासप्रश्वास र आँखाका बिरामी बढेका हुन्।

जिल्लाको बर्दिवास–१ स्थित बर्दिवास आँखा अस्पतालमा कात्तिक महिनामा मात्र ३०० भन्दा बढी आँखाको समस्याका बिरामीले जाँच गराएका थिए। पछिल्ला दुई दिनमा मात्रै ७५ आँखाका बिरामीले जाँच गराएका अस्पताल सञ्चालन बोर्डका अध्यक्ष मुकुन्द पौडेलले बताए। यसबाहेक जिल्लाका अस्पताल र स्वास्थ्य संस्थामा श्वासप्रश्वासका बिरामीको संख्या पनि निकै बढेको छ।

जिल्लामा पछिल्लोपटक श्वासप्रश्वास र आँखाका बिरामी बढ्नुको मुख्य कारण सडकमा उड्ने धुलो नै रहेको दुवै अस्पतालका चिकित्सकको भनाइ छ। कात्तिक अन्तिम सातादेखि चिसो बढ्ने क्रमसँगै श्वासप्रश्वासका बिरामी निकै बढेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विधानचन्द्र झाले बताए।

अस्पतालमा आउने यस प्रकृतिका बिरामीमा ५० वर्ष उमेर कटेका, सुत्केरी र स–साना बालबालिका छन्। बालबालिकामा निमोनियाको समस्या पनि सम्भारमा कमी र धुलोकै कारण रहेको जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरीटेण्डेण्ट डा. राजीव झा बताउँछन्। यस्तो  समस्या दलित र गरीबको झुपर बस्ती (पराले झुप्राका बस्ती) मा बढी देखिएको डा. झाको भनाइ छ।

बर्दिवासमात्र नभएर जिल्लाका लोहारपट्टी, रामगोपालपुर, सम्सी र जलेश्वरसहितका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। सवारी साधनको अत्यधिक चाप हुने सडकमा उड्ने धुलोले सर्वसाधारणका कोठाचोटा र भान्साघरसमेत धुलाम्य हुने गरेका छन् । करीब ४२ किलोमिटर दूरीको बर्दिवास–रामगोपालपुर–जलेश्वर सडकको अवस्था सबैभन्दा रुग्ण छ।

छ महिनाअघि खनेपछि पुनर्निर्माण र मर्मतसम्भारको काम अघि नबढाइँदा सर्वसाधारण सडकमा उड्ने धुलोले आजित भएका छन् । ‘घर कोठा केही भन्न पाइएन, सबै धुलाम्य छन्’, बर्दिवास–२ बुद्धचोककी गृहिणी गायत्री शर्माले भनिन्, ‘सडक उधिनेर धुलाम्य बनाउने निकायले पानीसम्म छर्कने दायित्वसमेत निर्वाह नगर्दा समस्या बढेको छ।’

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन