चार वर्षमा २४ हजार नौ सय पटक डायलासिस
तनहुँ : दमौली अस्पतालमा स्थापना भएको शत्रुघ्न–मञ्जु डायलासिस केन्द्रले चार वर्ष पूरा गरेको छ।
केन्द्रले चार वर्षको अवधिमा २४ हजार ९८६ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए। उनका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन्। केन्द्रमा नियमित डायलासिस गराउने ७२ जना छन्।
केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन्। लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिए। उनका अनुसार हप्तामा दुईपटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६६ र हप्तामा तीनपटक डायलासिस सेवा लिने छ जना छन्।
केन्द्रमा डायलासिस गराउने नौ वटा उपकरण छन्। केन्द्रमा दैनिक २४ देखि २७ मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन्। मिर्गौैलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको छ। केन्द्रमा एकैपटक नौ जनाले डायलासिस सेवा लिन सक्छन्।
हेल्थ केयर फाउण्डेशन अफ नेपालले २०७२ मङ्सिर ३ गते दमौली अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो। केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना पति स्व.शत्रुघ्न उपाध्यायको स्मृतिमा शुरुमा एक करोड रूपैयाँ र पछि उपकरण थप गर्नका लागि २५ लाख रूपैयाँ सहयोग गरेकी थिइन्। केन्द्रमा शुरुमा एक करोड २० लाखको लागतमा छ डायलाइसिस उपकरण जडान गरिएकाे थियाे।




तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा