आठ वर्षमा भवन बन्याे, सञ्चालनमा आएन अस्पताल
झापा : गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु भएको छैन।
करिब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न भएको थियो। भवन स्थानीय सरकारलाई हस्तान्तरण भइसके पनि अस्पतालको सेवा सञ्चालन हुन सकेको छैन ।
सुरक्षा व्यवस्थाको अभावका कारण अस्पतालको सेवा सञ्चालन हुन नसकेको सञ्चालक समितिका अध्यक्ष रहेका वडा नं. ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारीले जानकारी दिए।
‘को भवन त बनेको छ, तर जनशक्ति अभावका कारण अस्पताल सञ्चालनमा ल्याउन सकेका छैनाैँ’, उनले भने। एमबीबीएस चिकित्सकको दरबन्दी नभएकै कारण त्यहाँ सरकारको करोडौँ लगानी रहेको अस्पताल भवन र सामग्रीमा उपयोगविहीन अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन्।
अस्पताल निर्माणका लागि स्थानीय श्याम चौधरीले सात बिघा जग्गा प्रदान गरेका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा