मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश ३ का सबै जिल्लामा
हेटौँडा : मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम प्रदेश ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ। कार्यक्रममा प्रदेश ३ का सर्वसाधारणको पहुँच विस्तार गरिने भएको हो।
प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएकाे थियाे। याे आर्थिक वर्षदेखि भने सम्पूर्ण नागरिकलाई समेट्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए।
गत आवमा निर्धारण गरिएको दायरालाई फराकिलो बनाउँदै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा सबै नागरिकलाई २५ प्रतिशत छुट दिने गरी कार्यक्रम बनाएर काम गर्न लागिएको दुलालको भनाइ छ।
यो कार्यक्रम पहिलो वर्ष नमूना कार्यक्रमका रूपमा परीक्षणस्वरुप प्रदेशका पाँच अस्पतालबाट शुरु गरिएको भए पनि चालू आवमा भने प्रदेश मातहतका आठ अस्पताल र स्थानीय तहका वा संघीय सरकारले सञ्चालन गरेका अस्पतालमा शुरु गर्न लागिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण