निदान अस्पतालको निशुल्क स्वास्थ्य शिविर
ललितपुर : पुल्चोकस्थित निदान अस्पतालले एक दिने निशुल्क शिविर गरेको छ । विश्व मधुमेह दिवसको सन्दर्भ पारेर अस्पतालले साताव्यापी कार्यक्रम अन्तर्गत मिर्गौला जाँच शिविर गरेको हो ।
मधुमेह भएका बिरामीमा मिर्गौला बिग्रने सम्भावना बढी हुने हुँदा मिर्गौलाको जाँचका लागि निशुल्क शिविर गरेको अस्पतालले जनाएको छ ।
नेपाल डाइबेटिक सोसाइटीसँगको सहकार्यमा अस्पतालले ओमबहालमा गरेको शिविरमा २०० जना बढी सर्वसाधारणले मिर्गौलाको जाँच गराएका थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा