Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

जुनियर डाक्टरलाई महासचिवमा ल्याउने सहमति गरेको भन्दै अन्य आकांक्षीले जनाए आपत्ति

जुनियर डाक्टरलाई महासचिवमा ल्याउने सहमति गरेको भन्दै अन्य आकांक्षीले जनाए आपत्ति

काठमाडौं : नेपाल चिकित्सक संघको महासचिव पदका लागि प्रजातान्त्रिक समूहबाट डा बद्री रिजाललाई उठाउने भएपछि अन्य आकांक्षीले विरोध जनाएका छन्। आफूभन्दा जुनियरलाई माथिल्लो पोष्टमा ल्याएको भन्दै उनीहरुले स्वतन्त्र उम्मेदवारका रुपमा उठ्ने सम्म चेतावनी दिएका छन्।

महासचिवका आकांक्षी डा अनिल विक्रम कार्कीले आफूहरुलाई नसोधी मनोमानी ढंगले उम्मेदवार छनौट गरेको आरोप लगाए । उनले भने, ‘म भन्दा जुनियरलाई म कसरी महासचिव मानेर काम गर्छु । यस्तो पनि हुन्छ ? यदि यो नै निर्णय गरिएको हो भने म स्वतन्त्र महासचिवमा उठ्छु ।’ उनले आफू लगायत अन्य महासचिवका आंकाक्षी पनि यो निर्णयमा खुशी नभएको बताए ।

महासचिवका अर्का आकांक्षी डा प्रकाश बुढाथोकीले पनि आफूभन्दा जुनियरलाई महासचिवमा उठाउने हो भने चिकित्सक संघको चुनावमै सरिक नहुने बताए । उनले आफूलाई एकपटक पनि कसैले नसोधेको समेत जिकीर गरे । यसैगरी डा शिवजी पाैडेलले पनि याे निणर्य सहमतिबाट नआएको बताए ।उनले संस्थाले कम्तीमा सबै आकांक्षीको राय लिनु पर्दथ्यो त्यो पनि नगरेको आरोप लगाए ।

प्रजातान्त्रिक समूहको बैठकले महासचिवका आकांक्षी रहेका ५ जनामध्ये आज डा रिजाललाई उठाउने सहमति गरेको हो। यस्तै वरिष्ठ उपाध्यक्षमा डा शिबकुमार श्रेष्ठ, उपाध्यक्षमा डा अनिलविक्रम कार्की, महासचिवमा डा बद्री रिजाल, सहसचिवमा डा प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा शिवजी पौडेल र सहकोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सहमति भएकाे बताइएकाे छ ।

यद्यपी यसको औपचारिक घोषणा भने हुन बाँकी नै छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन