Health TV Online
Health TV Online

‘मेडिकल कलेजले विद्यार्थीसँग ठगेको पैसा फिर्ता गर्नैपर्छ’

‘मेडिकल कलेजले विद्यार्थीसँग ठगेको पैसा फिर्ता गर्नैपर्छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा फिर्ता गर्नुपर्ने बताएका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्बद्ध राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी भएको भन्दै ठगी गर्नेलाई कारवाही गर्ने बताए। मेडिकल कलेज सञ्चालकहरूले अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिने पनि बताए ।

नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरूले विद्यार्थीबाट करोडौँ ठगी गरेको भन्दै  उनले सरकारले त्यो फिर्ता गराउन खोजिरहेको प्रतिक्रिया दिए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार